Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सपथ नलिँदै विवादमा तानिए गृहमन्त्री अर्याल, मध्यरातमा जेनजी युवाहरुले गरे प्रदर्शन

सपथ नलिँदै विवादमा तानिए गृहमन्त्री अर्याल, मध्यरातमा जेनजी युवाहरुले गरे प्रदर्शन

सोमवार , भाद्र ३०, २०८२

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले अधिवक्ता ओमप्रकाश अर्याललाई कानुन तथा गृहमन्त्री बनाएपछि जेनजी अभियन्ताहरू बालुवाटारमै आन्दोलित बनेका छन् ।

आन्दोलनको सहजकर्ताका रूपमा सक्रिय भूमिका निभाएका अर्याललाई गृहमन्त्री दिन नहुने भन्दै केही युवाले विरोध जनाएका छन् ।

उनीहरूले गृहमन्त्रीको जिम्मेवारी जेनजीका अगुवा सुजन गुरुङले लिनुपर्ने, नभए अर्को युवा अभियन्तालाई पठाउनुपर्ने माग राखे । केहीले भने गुरुङकै गतिविधिप्रति असन्तुष्टि प्रकट गर्दै वैकल्पिक युवा नेतृत्व खोज्नुपर्ने धारणा राखेका छन् ।

प्रधानमन्त्री कार्कीले आइतबार कुलमान घिसिङलाई ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधार मन्त्री, रामेश्वर खनाललाई अर्थमन्त्री र ओमप्रकाश अर्याललाई कानुन तथा गृहमन्त्री बनाउने निर्णय गरेकी थिइन् ।

तर जेनजी युवाहरुले अर्याललाई गृहमन्त्री बनाउने निर्णय भएपछि प्रदर्शन गरेका थिए । योसँगै उनी सपथ नलिँदै विवादमा तानिएका छन् ।

अर्याल काठमाडौं महानगरपालिकाका कानुनी सल्लाहकारसमेत हुन् । तीनै मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077