Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

एकदिन अघि मात्रै खुट्टा ढोगेका सुदनले सुशीला कार्कीको राजीनामा मागे, सबैलाई बाहिर निकाल्ने चेतावनी

एकदिन अघि मात्रै खुट्टा ढोगेका सुदनले सुशीला कार्कीको राजीनामा मागे, सबैलाई बाहिर निकाल्ने चेतावनी

सोमवार , भाद्र ३०, २०८२

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार अगाडि आइतबार मध्यराति सुदन गुरुङ समूहका युवाले नाराबाजी गरेका छन् । आफूहरूको आन्दोलन हाइज्याक भएको दाबी गर्दै उनीहरूले सरकारविरुद्ध आक्रोश पोखेका हुन् ।

नाराबाजीका क्रममा जेनजी अगुवा सुदन गुरुङले तीव्र असन्तोष व्यक्त गर्दै भने, 'म त लाशमाथि हिँडिरहेको थिएँ, यहाँ क–कसलाई मन्त्री बनाउने खेल भइरहेको रहेछ ।'

उनका समर्थक युवाहरूले पनि आन्दोलनको नेतृत्वकर्ता आफूहरू नै भएको दाबी गर्दै, 'हाम्रो आन्दोलन हाइज्याक भयो' भन्दै चर्को नाराबाजी गरेका छन् ।

सुदन गुरुङले ओमप्रकाश अर्यालको नाम लिएर आक्रोश पोखेका छन् । ‘यो ओमप्रकाश लयर आफैंले गृहमन्त्री बनाउँदो रहेछ त्यहाँ भित्र बसेर,’ उनले आक्रोशमा भनेका छन् ।

गुरुङले चेतावनीस्वरूप भने, 'हामीले भनेको मानिएन भने भोलिदेखि सबैलाई बाहिर निकाल्छौँ।' उनीहरुले अधिवक्ता ओमप्रकाश अर्याललाई कानुन तथा गृहमन्त्री बनाएपछि प्रदर्शन गरेका हुन् ।

उनीहरुले प्रधानमन्त्री सुशीला कार्की 'राजीनामा दे' भन्दै नाराबाजी गरेका थिए । शनिबार राति प्रधानमन्त्रीमा नियुक्त भएपछि कार्कीको सुदनले खुट्टा ढोगेका थिए तर भोलिपल्टै राजीनामा मागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077