Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतसँग पाकिस्तान ७ विकेटले पराजित

भारतसँग पाकिस्तान ७ विकेटले पराजित

सोमवार , भाद्र ३०, २०८२

काठमाडौं । एसिया कप टी–२० क्रिकेटमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको छ । पाकिस्तानले दिएको १२८ रनको लक्ष्य भारतले १५ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

भारतका कप्तान सूर्यकुमार यादवले ४७ तथा अभिषेक शर्मा र तिलक बर्माले समान ३१ रन बनाए । पाकिस्तानका सैम अयुबले ३ विकेट लिए ।

त्यसअघि दुबई क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । पाकिस्तानका ओपनर साहिबजादा फहरानले ४०, शाहिन शाह ३३ ले रन जोडे ।

भारतको जितमा स्पिनर कुलदीप यादवले ३ विकेट लिए । यसैगरी अक्षर पटेल र जस्प्रित बुमराहले समान २ – २ विकेट लिए । समूह ए मा रहेको भारत ४ अंक सहित प्रतियोगिताको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077