काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषदमा रहने मन्त्रीहरूले आज शपथ लिएका छन्।
अर्थमन्त्रीका रूपमा रामेश्वर खनाल, ऊर्जामन्त्रीको रूपमा कुलमान घिसिङ र गृह र कानुन मन्त्रीका रूपमा ओमप्रकाश अर्यालले शपथ ग्रहण गरेका हुन् ।
शीतल निवासको प्राङ्गणमा टेन्ट टाँगेर बनाइएको मञ्चमा शपथग्रहणका गरिएको हो ।भदौ २४ गते प्रदर्शन क्रममा शीतल निवास पनि जलाइएको थियो। शपथ ग्रहण समारोहमा विभिन्न उच्चपदस्थहरूको सहभागिता थियो ।
यसअघि शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण कार्यक्रम भने शीतल निवास भित्रको सानो कोठामा गरिएको थियो ।