Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

दलविना गणतन्त्र र गणतन्तत्रविना समाज बाच्दैन, पार्टी पुनर्गठन गरौँ : गोकुल बाँस्कोटा

दलविना गणतन्त्र र गणतन्तत्रविना समाज बाच्दैन, पार्टी पुनर्गठन गरौँ : गोकुल बाँस्कोटा

सोमवार , भाद्र ३०, २०८२

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले छिटो पार्टी पुनर्गठन गर्नुपर्ने बताएका छन् ।

जेनजी युवाको प्रदर्शनपछि एमाले नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएपछि बास्कोटाले पार्टी पुनर्गठन गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्- 'अरु क्षति रोक्न जे भो भो हैन किन भो कसरी भो र अब के कसरी,कहिले गर्ने ? छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनगठन गरौ।अप्रिय लाग्ला तर सत्य यै हो कि दलविना गणतन्त्र बाच्दैन र गणतन्तत्रविना समाज। समय,परिवेश,प्रकृति,प्रकृया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ सबै तयार हुनै पर्छ।'

राजनीतिक दलविना गणतन्त्र र गणतन्त्र विना समाज नबाँच्ने जिकिर गर्दै बाँस्कोटाले यसको अपरिहार्यतामा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077