Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साफ यू–१७ पुरुष च्याम्पियनसिप : नेपाल र श्रीलंका भिड्दै

साफ यू–१७ पुरुष च्याम्पियनसिप : नेपाल र श्रीलंका भिड्दै

सोमवार , भाद्र ३०, २०८२

काठमाडौं । नेपालले आजदेखि श्रीलंकामा हुने साफ यू-१७ पुरुष च्याम्पियनसिपमा श्रीलंकासँगै खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ ।

सोमबार नेपालले प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंकाको सामना गर्न लागेको हो । खेल श्रीलंकाको रेसकोर्स रंगशालामा नेपाली समयअनुसार ७ः१५ बजे हुनेछ ।

प्रतियोगितामा दुवै टोली समूह ‘ए’मा छन् । यो समूहमा नेपाल र श्रीलंकासँगै बंलादेश पनि छ ।अर्को समूह ‘बी’मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन् ।  प्रतियोगिता आगामी असोज ११ गते (सेप्टेम्बर २७) सम्म हुनेछ ।

प्रतियोगिताको लागि प्रशिक्षक सञ्जित सिंहको नेतृत्वमा २३ सदस्यीय टोली गत भदौ २९ गते श्रीलंका पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077