काठमाडौं । नवनियुक्त गृह र कानूनमन्त्री ओम प्रकाश अर्यालले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
उनले आजै शीतल निवासमा आयोजित एक समारोहका बिच पद तथा गोपनीयताको शपथ लिएका थिए ।
अर्याल अधिवक्ता हुन् भने जेनजी आन्दोलनमा उनले सहजकर्ताको भूमिका खेलेका थिए ।
गृहमन्त्री अर्यालले पदभार ग्रहण गरे लगत्तै जेनजी आन्दोलनका मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने निर्णय गरेका छन् ।
कहिले शोक दिवस मनाउने भन्ने निर्णय मन्त्रिपरिषद्ले तय गर्ने छ। साथै मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गृहमन्त्री अर्यालले गरेका छन् ।