Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रधानमन्त्री कार्की नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठक साढे ४ बजे बस्दै

प्रधानमन्त्री कार्की नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठक साढे ४ बजे बस्दै

सोमवार , भाद्र ३०, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को पहिलो बैठक बोलाएकी छन्।

तीन मन्त्री नियुक्त गरेलगत्तै मन्त्रिपरिषदको पहिलो बैठक आज दिउँसो ४ बजे सिंहदरबारमा बैठक बस्ने तय भएको छ।

त्यसअघि मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरूले बैठकका एजेन्डामा गृहकार्य गर्नेछन्।

आजै शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङलाई शपथ गराएका थिए।

खनाललाई अर्थमन्त्रालय, अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा घिसिङलाई ऊर्जा, सहरी विकास र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077