काठमाडौं । ऊर्जा, भौतिक र सहरी विकास मन्त्रालयको जिम्मेवारी लिएका मन्त्री कुलमान घिसिङले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि विशेष कोष खडा गर्ने घोषणा गरेका छन् ।
मन्त्रालयमा कार्यभार सम्हालेलगत्तै उनले सो प्रतिबद्धता जनाएका हुन्।
उनले भने- 'ठूला आयोजना निर्माणलाई तीव्रता, रुपान्तरणकारी ठूला आयोजनालाई तत्काल अगाडि बढाइनेछ । आक्रोशको कारणले क्षति भयो । तर अब हामीले नै यो बनाउने हो । त्यसैगरी दातृनिकायले विगतमा जस्तै साथ र सहयोग मिल्छ भन्ने आशा गरेका छौँ।'
उनले यस्तो कोषमा रकम जम्मा गर्नका लागि नेपाल बाहिर रहेका नेपालीलाई पनि अनुरोध गरेका छन् ।