काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तारलगत्तै पहिलो मन्त्रिपरिषद् बैठक अहिले बसिरहेको छ।
तीन मन्त्री नियुक्त गरेलगत्तै मन्त्रिपरिषदको पहिलो बैठक आज दिउँसो ४ बजे सिंहदरबारमा बसेको हो ।
सिंहदरबारमा जारी मन्त्रिपरिषद् बैठक जेनजी प्रदर्शन, त्यसपछिको अवस्था, पुननिर्माणलगायतका विषयमा छलफल भइरहेको जनाइएको छ।
जेनजी आन्दोलनपछि प्रधानमन्त्री नियुक्त भएकी कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी छिन्।
अर्थमन्त्रीमा रामेश्वर खनाल, उर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्रीमा कुलमान घिसिङ र गृह तथा कानुनमन्त्रीमा ओमप्रकाश अर्याललाई जिम्मेवारी दिइएको छ।
उनीहरूसहितको बैठक अहिले जारी छ। बैठकले केही महत्वपूर्ण निर्णय गर्ने जनाइएको छ।