Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

केपी ओली मेरा मात्र होइन ‘राष्ट्रिय बा’ हुन् : महेश बस्नेत

केपी ओली मेरा मात्र होइन ‘राष्ट्रिय बा’ हुन् : महेश बस्नेत

सोमवार , भाद्र ३०, २०८२

काठमाडौं । नेकपा एमाले नेता महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय पिता भन्दै उनको नेतृत्वप्रति कुनै पनि हालतमा साथ नछोड्ने बताएका छन् ।

जेनजी आन्दोलनपछि देशभर भएको क्षतिको अवलोकन गर्ने क्रममा सोमबार बालकोट पुगेका बस्नेतले एमालेलाई लक्षित गरेर भएको टिप्पणीप्रति असन्तोष व्यक्त गरे।

उनले भने, `एमाले नबनौँ भन्ने सुनेँ, तर एमाले हो हामी। हिजो पनि एमाले थियौँ, आज पनि छौँ, भोलि पनि हुने छौँ। जो लु नहो भन्छ, आउँदा देखौँ, हामी पनि तयार छौँ।´

आक्रमक शैलीमा प्रस्तुत भएका बस्नेतले केपी ओलीलाई देशको राष्ट्रियता, विकास र समृद्धिको प्रतीक भएको बताए।

उनले ओलीलाई प्रधानमन्त्री मात्र नभई `साँचो अर्थमा नेता र पिता' का रूपमा स्वीकार गरेको प्रष्ट पारे। `केपी ओली प्रधानमन्त्री भएर बाहोइन, नेता भएर बा हो। संकटमा पनि ओली नै बोकिन्छन्। मरेपछि पनि उहाँलाई श्रद्धा गरिन्छ। जो साहसका साथ हिँड्छ, त्यही नेताहो,' उनले जोड दिए।

बस्नेतले पार्टीभित्र सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गर्दै आफू फेसबुकमार्फत प्रत्यक्ष संवादमा सक्रिय रहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077