काठमाडौं । सरकारले जेनजी स्मारक पार्क बनाउने निर्णय गरेको छ ।
सोमबार बसेको अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले यही भदौ २३ र २४ गते भएको जेनजीहरूको आन्दोलनको सम्मानमा स्मारक पार्क बनाउने निर्णय गरेको हो ।
जेनजी स्मारक पार्क कहाँ बनाउने भन्ने स्थान पछि तय गरिने बताइएको छ ।