काठमाडौं । सरकारले जेनजी आन्दोलनको छानबिन गर्न न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यही भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे छानबिन गर्न सरकारले न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार बैठकले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्मानमा आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ ।