Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय [सूचीसहित]

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय [सूचीसहित]

सोमवार , भाद्र ३०, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेनजी आन्दोलनका सहिदलाई राष्ट्रिय सम्मानसहित सम्झने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्दै असोज १ गतेलाई राष्ट्रिय शोक दिवसको रूपमा मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार सरकारले आन्दोलनका क्रममा ज्यान गुमाउने सहिदको राष्ट्रिय सम्मानसहित अन्तेष्टि गर्ने, परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ क्षतिपूर्ति र अन्य खर्चका लागि ५ लाख दिने व्यवस्था गरेको छ । साथै, घाइतेको निशुल्क उपचार हुने र शव लैजानका लागि निशुल्क सवारी साधन तथा दुर्गम क्षेत्रमा हेलिकोप्टर प्रयोग गर्ने व्यवस्था गर्ने निर्णय भएको छ।

सरकारले आन्दोलनका क्रममा भएको क्षति र ज्यादतीको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने र त्यसको प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता पनि जनाएको छ।

सहिदहरूको स्मरणमा ‘जेनजी जागरण स्मारक पार्क’ निर्माण गर्ने निर्णय गरिएको छ भने अघिल्लो मन्त्रिपरिषद्मा पेश भएका प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय पनि गरिएको गृहमन्त्री अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077