Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसिया कपमा श्रीलंकाले हङकङलाई चार विकेटले हरायो

एसिया कपमा श्रीलंकाले हङकङलाई चार विकेटले हरायो

मंगलवार , भाद्र ३१, २०८२

काठमाडौं । एसीसी टी–२० एसिया कपमा श्रीलङ्काले हङकङलाई चार विकेटले हराएको छ । जितसँगै श्रीलङ्काले लगातार दोस्रो जित सहित शीर्ष स्थानमा रहँदै सुपर चार को सम्भावना बलियो बनाएको छ ।

हङकङले दिएको एक सय ५० रनको लक्ष्य श्रीलङ्काले १८ ओभर पाँच बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलङ्काको जितमा ओपनर पाथुम निसांकाले ६८ रन बनाए । हङकङका कप्तान यासिम मुर्तजाले दुई विकेट लिए ।

त्यसअघि दुबई क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ४९ रन बनाएको थियो ।

हङकङका निजाकत खानले सर्वाधिक ५२ रन बनाए । समूह बी मा रहेको श्रीलङ्का दुई खेलमा चार अङ्कका साथ शीर्ष स्थानमा छ । श्रीलङ्काले अन्तिम खेल पर्सि अफगानिस्तानसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077