Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसिया कपमा पाकिस्तानसँग युएई ४१ रनले पराजित

एसिया कपमा पाकिस्तानसँग युएई ४१ रनले पराजित

बिहिवार , आश्विन २, २०८२

काठमाडौं । एसिया कप क्रिकेटमा पाकिस्तानले युएईलाई ४१ रनले हराएको छ । दुबईमा हिजो भएको खेलमा पाकिस्तानले दिएको १४७ रनको लक्ष्य पछ्याएको युएई १७ ओभर ४ बलमा १०५ रनमा अलआउट भयो ।

पाकिस्तानका फखर जमानले ५०, शाहीन अफ्रिदीले २९ रन बनाए । युएईका जुनैद सिद्दिकीले चार विकेट लिए भने राहुल चोप्राले ३५ रन बनाए ।

जितसँगै पाकिस्तानले सुपर ४ मा नै स्थान पक्का गरेको छ । समूह ‘ए’ मा लगातार दुई खेल जितेको भारत शीर्ष स्थानमा छ ।अहिलेसम्मका कुनै पनि खेल जित्न नसकेको ओमान तालिकाको पुछारमा छ ।

आठ वटा टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा भारत, यूएई, पाकिस्तान र ओमान तथा समूह ‘बी’ मा अफगानिस्तान, हङकङ, बङ्गलादेश र श्रीलङ्का छन् । एसिया कपको फाइनल खेल आउँदो सेप्टेम्बर २८ तारिख अर्थात् असोज १२ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077