Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साफ यू–१९ पुरुष च्याम्पियनसिप : बंगालदेशसँग खेल्दै नेपाल

साफ यू–१९ पुरुष च्याम्पियनसिप : बंगालदेशसँग खेल्दै नेपाल

बिहिवार , आश्विन २, २०८२

काठमाडौं । साफ यू–१९ पुरुष च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगालदेशको सामना गर्दैछ । बिहिबारको खेल श्रीलङ्काको रेसकोर्स अन्तर्राष्ट्रिय रङ्गशालामा नेपाली समय अनुसार ७ः१५ देखि सुरु हुनेछ ।

जारी प्रतियोगितामा नेपालले आज दोस्रो खेल खेल्न लागेको हो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा आयोजक राष्ट्र श्रीलङ्कालाई २– ० ले पराजित गर्दै सुखद सुरुआत गरेको थियो।

त्यही, जितलाई निरन्तरता दिने लक्ष्यसहित नेपाल मैदान उत्रिनेछन् । उता, बंगालदेशले भने आज आफ्नो पहिलो खेल खेल्दै छ । बंगालदेश पनि विजयी हासिल गर्दै साफको सुरुआत गर्ने सोचमा हुनेछ ।

समूह ‘ए’ मा रहेको नेपालसँग आयोजक राष्ट्र श्रीलङ्का र बङ्गलादेश छन् । समूह ‘बी’ मा भने भारत, पाकिस्तान, मालदिभ्स र भुटान रहेका छन् । यो प्रतियोगितामा कूल ७ टोलीले सहभागिता जनाउँदै छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077