काठमाडौं । नेपाली क्रिकेटको राष्ट्रिय टोलीले आज संयुक्त अरब इमिरेट्स (यूएई) जाँदैछ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) काअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले भिसा पाएसँगै सोमबार यूएई प्रस्थान गर्न लागेको हो ।
विश्व विजेता वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्न नेपाली क्रिकेट त्यसतर्फ जान लागेको हो ।
टोलीले यही असोज ११ देखि १४ गतेसम्म युनिटी कल टी–२० इन्टरनेशनल प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपालले त्यहाँ वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्ने जनाइएको छ ।