काठमाडौं । पेरिस सेन्ट जर्मन (पीएसजी) का उस्मान डेम्बेलेले यो वर्षको बालोन डी’ओर अवार्ड जितेका छन् । बार्सिलोनाका युवा स्टार लामिन यमाललाई पछि पर्दै डेम्बेलेले अवार्ड उचालेका हुन् ।
पीएसजीलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्त्वपूर्णा खेल प्रदर्शन गरेका डेम्बेलेले फ्रेन्च वान लिगको उपाधिका लागिसमेत महत्त्वपूर्ण खेल प्रदर्शन गरेका थिए।
२८ वर्षीय फ्रान्सेली फरवार्डले गत सिजन पीएसजीका लागि ५३ खेलमा ३५ गोल र १४ असिस्ट गरेका थिए। उनको उत्कृष्ट प्रदर्शनले टोलीलाई च्याम्पियन्स लिग, लिग उपाधि र फ्रेन्च कप जिताउन मद्दत गर्यो । उनलाई फ्रेन्च शीर्ष लिग र च्याम्पियन्स लिगको प्लेयर अफ द इयर पनि घोषणा गरिएको थियो ।
पीएसजीका म्यानेजर लुइस एनरिकेलाई कोच अफ द इयर घोषणा गरिएको छ ।
१८ वर्षीय लामिन यामालले ब्यालोन डी’ओर नजिते पनि उनलाई सर्वोत्कृष्ट युवा खेलाडी (२१ वर्षभन्दा मुनिको) कोपा ट्रफी प्रदान गरिएको छ ।