Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बंगलादेशलाई हराउँदै भारत एसिया कपको फाइनलमा

बंगलादेशलाई हराउँदै भारत एसिया कपको फाइनलमा

बिहिवार , आश्विन ९, २०८२

काठमाडौं । भारतले टी-२० एसिया कपको सुपर ४ मा बङ्गलादेशलाई ४१ रनले हराएको छ ।

यो जितसँगै भारत एक खेल अगाडी नै फाइनलमा पुगेको छ । जितका लागि भारतले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले १९ ओभर तीन बलमा एक सय २७ रनमा सबै विकेट गुमायो ।

बङ्गलादेशका ओपनर सैफ हसनले सर्वाधिक ६९ रन बनाए । प्रभेज हसन इटनले २१ रन बनाउँदा अरू खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । भारतका कुलदीप यादवले तीन विकेट लिए भने बरूण चक्रवर्तीले दुई विकेट लिए ।

त्यसअघि दुबई क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६८ रन बनायो । भारतका ओपनर अभिषेक शर्माले ३७ बलमा ६ चौका र पाँच छक्कासहित सर्वाधिक ७५ रन बनाए ।

सुपर ४ मा यसअघि भारतले पाकिस्तान तथा बङ्गलादेशले श्रीलङ्कालाई हराएको थियो । प्रतियोगितामा आज पाकिस्तान र बङ्गलादेश भिड्दै छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077