Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सेमिफाइनलमै रोकियो नेपालको यात्रा, उपाधि जित्ने सपना अधुरै

सेमिफाइनलमै रोकियो नेपालको यात्रा, उपाधि जित्ने सपना अधुरै

बिहिवार , आश्विन ९, २०८२

काठमाडौं । नेपालको साफ यू–१७ पुरुष च्याम्पियनसिपको फाइनल पुग्ने सपना अधुरै रहेको छ ।

बिहीबार श्रीलंकाको कोलम्बोमा भएको सेमिफाइनल खेलमा नेपाल चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग ३–० गोल अन्तरले पराजित भएको हो।

कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय रङ्गशालामा भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

तर, दोस्रो हाफमा भारतले नेपालमाथि दबाब बनाउँदै तीन गोल गर्‍यो । भारतको जितमा गुन्लेइबाकपाम वाङ्खेइराकपाम र डाइमन्ड सिंहले गोल गरे ।

यो हारसँगै नेपालको प्रतियोगिता यात्रा सेमिफाइनलमै समाप्त भएको छ। भारतले भने अपराजित यात्रा कायम राख्दै फाइनलमा स्थान पक्का गरेको छ। अब भारतले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077