Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कञ्चनपुरमा ‘आठौं आदर्श क्रिकेट कप' असोज १८ गतेबाट हुने

कञ्चनपुरमा ‘आठौं आदर्श क्रिकेट कप' असोज १८ गतेबाट हुने

शनिवार , आश्विन ११, २०८२

कञ्चनपुर । आदर्श युवा समाज कञ्चनपुरले आगामी असोज १८ गतेदेखि 'आठौं आदर्श क्रिकेट कप–२०८२' आयोजना गर्ने भएको छ । प्रतियोगिता बेदकोट नगरपालिका–१ हात्तीथलास्थित गौडीखेल मैदानमा हुनेछ ।

नेपालीहरूको महान् चाड बडादशैं तथा शुभदिपावलीको अवसरमा आयोजना हुने यो प्रतियोगिताले खेलाडीको प्रतिभा प्रस्फुटन गर्न योगदान पुर्‍याउने आयोजकले जनाएका छन् ।

खेल टि–२० ढाँचामा ड्यूज लेदर बल प्रयोग गरी सञ्चालन हुनेछ भने सम्पूर्ण नियमहरू एसीसी सरह हुने बताइएको छ।

आयोजकले प्रतियोगितामा सहभागिता जनाउन इच्छुक वडास्तरीय टिमलाई दर्ता खुला गरिएको जनाएको छ। टिम दर्ता असोज ९ गतेदेखि दर्ता भइरहेका छन् ।

आगामी १५ गतेसम्म टिम दर्ता गर्न पाइने समाजका अध्यक्ष ज्ञानेश्वर प्रसाद जोशीले जानकारी दिए । दर्ता शुल्क २० हजार रहेको छ । प्रत्येक टिममा १४ खेलाडी र २ जना रिजर्भ खेलाडी अनिवार्य रहने व्यवस्था गरिएको छ ।

दर्ता गर्दा वडाको सिफारिस र खेलाडीहरूको स्थायी बसोबास प्रमाणित गर्ने कागजात (नागरिकता वा जन्मदर्ता) बुझाउनुपर्नेछ। समाजका अनुसार प्रथम पुरस्कार एक लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र दिइनेछ ।

यस्तै द्वितीय पुरस्कार ५० हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । म्यान अफ द टुर्नामेन्ट, बेष्ट ब्याटर र बेष्ट बलरलाई ट्रफी र मेडल प्रदान गरिनेछ ।

खेल लिग कम नकआउट आधारमा हुनेछन् । खेल तालिका असोज १७ गते बिहान १० बजे सार्वजनिक गरिनेछ ।

आयोजक संस्थाका अनुसार प्रतियोगितामा केवल कञ्चनपुर जिल्लाभित्रका वडास्तरीय टिमले मात्र सहभागिता जनाउन पाउने छन् । वडाबाहिरका खेलाडी समावेश गर्न नपाइने स्पष्ट गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077