Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वेस्ट इन्डिजविरुद्ध ब्याटिङमा नेपाल, सन्दीप प्लेइङ–११ मा परेनन्

वेस्ट इन्डिजविरुद्ध ब्याटिङमा नेपाल, सन्दीप प्लेइङ–११ मा परेनन्

शनिवार , आश्विन ११, २०८२

काठमाडौं । वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालले पहिले ब्याटिङ गर्दैछ ।

युनाइटेड अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदानमा टस जितेर वेस्ट इन्डिजका कप्तान अकिल हुसैनले फिल्डिङको निर्णय गर्दै नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् ।

खेलमा रोहित पौडेलले कप्तानी सम्हाल्दा सुरुआती–११ मा स्पीनर सन्दीप लामिछाने अटाउन सकेनन् ।

नेपाली टिमका मुख्य प्रशिक्षक स्टुअर्ट लको प्लेइङ–११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, नन्दन यादव, करण केसी, सोमपाल कामी र ललित राजवंशी छन् ।

नेपालले टी-२० क्रिकेटको दुई पटकको विश्व च्याम्पियन टोलीसँग पहिलो पटक खेल्न लागेको हो । नेपालले वेस्ट इन्डिजसँग तीन खेलको शृंखला खेल्ने तालिका छ ।

यो शृंखलालाई आईसीसी टी-२० विश्वकप एसिया छनोटको महत्वपूर्ण तयारीका रूपमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077