काठमाडौं । वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालले १४९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
युनाइटेड अरब इमिरेट्स (यूएई) को शारजाह क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४८ रन बनाएको हो ।
नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३८ रन बनाए । रोहितले ३५ बलमा तीन चौका र एक छक्का प्रहार गरे ।
कुशल मल्लले नेपाली टिमको खातामा ३० रन थपे । उनले २१ बलमा दुई चौका र दुई छक्का प्रहार गरे ।
१२–२ को स्थितिबाट कुशल र रोहितले ५८ रनको साझेदारी गदै नेपालको इनिङ सम्हालेका थिए । अब वेस्ट इन्डिजले केहीबेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ ।