Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

आरजुका भाइ भूषणको घरमा सिआइबीले किन हान्यो छापा ?

आरजुका भाइ भूषणको घरमा सिआइबीले किन हान्यो छापा ?

सोमवार , आश्विन १३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाका भाइ भूषण राणामाथि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छानबिन थालेको छ ।

आइतबार दिउँसो सिआइबीको टोली जावलाखेलस्थित भूषणको निवासमा छापा मारेको थियो । स्रोतका अनुसार वित्तीय अपराधसम्बन्धी विषयमा जानकारी संकलन गर्ने उद्देश्यले टोली पुगेको बताइएको छ । राणा एक महिनाअघि नै विदेश प्रस्थान गरेको पत्ता खुलेको छ ।

पछिल्लो एक महिनादेखि भुषण नेपालमा नभए पनि सिआइबी टोली कुन उदेश्यले पुग्यो भन्ने खुल्न सकेको छैन । सिआइबी टोलीले भूषण राणाका बाबु-आमा मात्र रहेको उक्त घरमा केहिबेर खानतलासी गरेर रित्तो हात फर्किएको स्रोतले जनाएको छ।

सरकारकै निर्देशनअनुसार यो छानबिन प्रक्रिया अघि बढाइएको हो। यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पतीको घरमा जलेको पैसा सम्बन्धमा समेत अनुसन्धान अघि बढाइसकेको छ ।

देउवाको घरमा डलर र नेपाली हजार, पाँच सयका नोटहरूका जलेको टुक्राहरू समेत भेटिएको थियो। पैसा राख्ने सुरुङ समेत भेटिएको दाबी गरिए पनि पुष्टि भएको छैन।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077