Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

भुषण राणाको घरमा सीआईबीको छापा : केही नभेट्टाएपछि कसरी बढ्छ अबको अनुसन्धान ?

भुषण राणाको घरमा सीआईबीको छापा : केही नभेट्टाएपछि कसरी बढ्छ अबको अनुसन्धान ?

सोमवार , आश्विन १३, २०८२

काठमाडौं । वर्तमान सरकारको निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आइतबार नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाका भाइ भूषण राणाको घरमा छापा मार्यो ।

सिआइबीको टोली आइतबार दिउसो एक बजेतिर जावलाखेलस्थित भूषण निवासमा छापा मारेको थियो । स्रोतका अनुसार वित्तीय अपराधसम्बन्धी विषयमा जानकारी संकलन गर्ने उद्देश्यले टोली पुगेको बताइएको छ ।

तर, सीआईबीको टोली राणा निवासबाट रित्तोहात फर्किएको प्रहरी स्रोत बताउँछ । खानतलासीका क्रममा ललितपुर महानगरपालिका– ४ का अध्यक्ष सन्तोष खड्का पनि उपस्थित थिए । खड्काले सिआइबीको टोली भूषण राणाको घरमा अवैध पैसा छ कि भनेर आएको भए पनि केहि फेला नपरेको बताइसकेका छन् ।

‘मुचुल्कामा केही पनि नभेटेको भनेर आफूलाई हस्ताक्षर गराएको छ,’खड्का–‘मैले ५ बजे पुगेर हस्ताक्षर गरेपछि सीआइबीको टोली गएको हो ।’

राणा विदेश भएका बेला उनको निवासमा छापा मार्न सीआईबी टोली ललितपुर पुगेको थियो । मुटुको समस्या झेलिरहेका उनी विदेश आउने जाने गरिरहन्छन् । अहिले पनि उनी विदेशमै थिए । उनी एक महिना अघि मात्रै विदेश गएका थिए ।

यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पतीको घरमा जलेको पैसा सम्बन्धमा समेत अनुसन्धान अघि बढाइसकेको छ ।

देउवाको घरमा डलर र नेपाली हजार, पाँच सयका नोटहरूका जलेको टुक्राहरू भेटिएपछि विभागले अनुसन्धान थालेको जनाएको छ ।

सीआइबीले अहिले पनि भूषण राणाको घर निगरानीमा नै राखेको जनाएको छ। सीआईबी प्रमुख एआईजी मनोज केसीले भने विभिन्न अनलाइनसँग राणाको घरमा भुटानी शरणार्थी केसको अनुसन्धानका लागि छापा नहानेको बताइसकेका छन् ।

सीआईबी राणको बुबा आमा बस्ने घरमा समेत छापा मारिसेको छ । तर, प्रहरीले त्यहाँ पनि केही सुराक पाउन नसकेको स्रोत बताउँछ ।

आरजु राणा सम्पत्ति शुद्धीकरणसँगै भुटानी शरणार्थीको मुद्दामा समेत मुछिएकी थिइन् । तर, दुई पटकसम्म अनुसन्धान गर्दा पनि उनीसँग कुनै पनि कनेक्सन खुलेको थिएन। जसकारण काठमाडौं जिल्ला प्रहरी परिसरले उनलाई प्रतिवादी बनाएन।

आरजुसँग जडिएका भनिएका बेचन झा पक्राउ परेपनि आरजुसँग कुनै पनि कनेक्सन नदेखिएपछि उनी चोखिएकी थिइन् ।

सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारले फेरि भुटानी शरणार्थीको फाइल खोल्ने तयारी गरेको छ । यस प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन सचिव लगायत हाइप्रोफाइल नेता पक्राउ परेका थिए। केही धरौटीमा छुटे पनि रायमाझी, पूर्वसचिव लगायत केही अझै कारागारमा छन्।

आइतबार भूषण राणाको घरमा छापा हान्नु पछि भुटानी शरणार्थीसँग जोडेर हेरिएको छ । तर, त्यस विषयमा पनि सीआईबी टोलीले केही तथ्य प्रमाण पाउन सकेन ।

राणाको घरबाट केही हात नलागेपछि सीआइबीको छापा नै विवादमा पर्ने देखिएको छ । कतिपयले सीआईबी जस्तो ठूला घटनाको अनुसन्धान गर्ने संस्था बृत्त र प्रभागको हैसियतमा गएर छापा मारेको त होइन ? भन्ने आशंका गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077