काठमाडौं । नेपालले वेस्ट इन्डिजविरुद्धको दोस्रो टी–२० खेलमा अलराउन्डर आदिल आलमलाई टोलीमा स्थान दिएको छ । लामो समयको प्रतिबन्धपछि राष्ट्रिय टिममा फर्किएका आलमले आज पुनरागमन गर्ने अवसर पाएका हुन् ।
पहिलो खेलमा टोलीमा रहेका बलर नन्दन यादवलाई आराम दिँदै नेपालले आलमलाई प्लेइङ–११ मा समावेश गरेको हो । उनको फिर्तीलाई नेपाली क्रिकेटप्रेमीले विशेष चासोका साथ हेरिरहेका छन् ।
सारजहामा भएको टसमा कप्तान रोहित पौडेलले जित हात पार्दै पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् । पहिलो खेलमा ऐतिहासिक जित निकालिसकेको नेपाल आज पनि आत्मविश्वाससहित मैदानमा उत्रिएको छ ।
नेपाली टिम :
कुशल भुर्तेल, आसिफ शेख, कप्तान रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, मोहम्मद आदिल आलम, सोमपाल कामी, करण केसी र ललित राजवंशी ।