सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित खनारमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।
अभियु खोटाङको ऎसेलुखर्क गाउँपालिका-१, राखाबाङ्देलस्थित रावाथुम प्राथमिक विद्यालयमा प्रधानाध्यापक रहेका सुमन दाहालले इटहरीको खनारस्थित आफ्नै निवासमा श्रीमती अनिशा भट्टराईको मंगलबार हत्या गरेका हुन्।
प्रारम्भिक अनुसन्धानबाट श्रीमान्-श्रीमतीबीच विवादका क्रममा सुमनको कुटाइबाट अनिशाको मृत्यु भएको सुनसरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
भट्टराई इटहरीमा बसेर शिक्षक सेवा आयोगको तयारी गरिरहेकी थिइन्। सुमनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको बताइएको छ ।
प्रहरीका अनुसार पोस्टमार्टमका लागि शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ।