Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

श्रीमतीको हत्या गरेपछि ‘मैले अपराध गरेँ मलाई पक्रनु’ भन्दै प्रहरीमा पुगे श्रीमान्

श्रीमतीको हत्या गरेपछि ‘मैले अपराध गरेँ मलाई पक्रनु’ भन्दै प्रहरीमा पुगे श्रीमान्

शुक्रवार , माघ १६, २०८२

ललितपुर । श्रीमती हत्या गरेपछि श्रीमान् आफैं प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका छन् ।

ललितपुरको गोदावरी नगरपालिका-७, देवीचौरका ३० वर्षीय विनोद पाख्रिनले २३ वर्षीया पत्नी कोपिला पाख्रिनको हत्या गरेर प्रहरीमा आत्मसमर्पण गरेका हुन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आज बिहान श्रीमतीश्रीमान् दुबै जनाले सँगै बसेर मादक पदार्थ सेवन गरेका थिए ।

मदिरा पिएपछि दुईजना बीच विवाद हुँदा विनोद चिर्पटले हानेर कोपिलाको हत्या गरेका थिए ।

श्रीमतीको हत्यापछि विनोद ''मलाई पक्रनु मैले श्रीमती हत्या गरेँ '' भन्दै आफैँ टीकाभैरवस्थित प्रहरी प्रभागमा उपस्थित भएका हुन् ।

घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले खाटमा सुताएको अवस्थामा शव फेला पारेको छ ।

आरोपी विनाद पाख्रिनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077