Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फिलिपिन्समा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ७२ पुग्यो

फिलिपिन्समा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ७२ पुग्यो

बिहिवार , आश्विन १६, २०८२

एजेन्सी । मध्य फिलिपिन्सको बोगो र सेबू सहरमा मंगलबार आएको ६.९ म्याग्निच्युडको सेबू भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ ।

नेसनल डिजास्टर रिस्क रिडक्सन एण्ड म्यानेजमेन्ट काउन्सिलले बिहीबार मध्य विसाया क्षेत्रमा उनीहरुको मृत्यु भएको र भूकम्पमा कम्तीमा २९४ जना घाइते भएको जनाएको छ।

मध्य बिसायाका ५३ वटा गाउँमा बसोबास गर्ने ४७ हजार २२१ परिवारहरूको भूकम्पको कारण प्रभावित भएको जनाइएको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन आयोगले अझै पूर्वाधार र कृषिमा भएको क्षतिको परिमाण निर्धारण गर्न बाँकी रहेको जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077