Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीलाई गृहमन्त्रीको निर्देशन - सम्भावित विपद् जोखिम व्यवस्थापनका लागि तयारी अवस्थामा रहनू

प्रहरीलाई गृहमन्त्रीको निर्देशन - सम्भावित विपद् जोखिम व्यवस्थापनका लागि तयारी अवस्थामा रहनू

शुक्रवार , आश्विन १७, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणका लागि सुरक्षा निकायहरूलाई उच्च सतर्कता र तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीमा शुक्रबार निरीक्षण भ्रमण गर्दै मन्त्री अर्यालले कृत्रिम घटना उद्धार अभ्यास अवलोकन गरेर यस्तो निर्देशन दिएका हुन् ।

उनले आवश्यक उपकरण तथा भण्डारणबारे जानकारी लिएका थिए । उनले विपद् उद्धार सामग्री र अभ्यासको स्तर सराहना गर्दै, सीमित स्रोतसाधन र तालिमको कमी हुँदाहुँदै पनि नेपाल प्रहरीले देखाउँदै आएको प्रतिबद्धता प्रशंसनीय भएको बताए।

‘विपद् कुनै पूर्वसूचना बिना आउने भएकाले जनधनको क्षति न्यूनीकरण गर्न उच्च मनोबलसहित जुनसुकै बेला तत्काल परिचालन हुन सक्ने गरी तयार रहनु जरुरी छ,’ गृहमन्त्री अर्यालले भने।

उनले उद्धार र राहत कार्यलाई अझ प्रभावकारी बनाउन स्रोतसाधनको दक्ष उपयोग, तालिममा निरन्तरता र आपसी सहकार्यलाई जोड दिन आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाहले गृहमन्त्रीलाई धन्यवाद ज्ञापन गर्दै विपद् व्यवस्थापन क्षमतामा अझ मजबुती ल्याउने प्रतिवद्धता जनाए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077