Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सडक अवरुद्ध हुन थालेपछि मन्त्री कुलमानले बोलाए विभागीय प्रमुखहरूको बैठक

सडक अवरुद्ध हुन थालेपछि मन्त्री कुलमानले बोलाए विभागीय प्रमुखहरूको बैठक

शनिवार , आश्विन १८, २०८२

काठमाडौँ । लगातारको वर्षाका कारण देशभरका विभिन्न सडकखण्डमा पहिरो खस्दै अवरोध सिर्जना हुन थालेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले विभागीय प्रमुखहरूको आकस्मिक बैठक बोलाएका छन् ।

मन्त्री घिसिङको सचिवालयका अनुसार आज बिहान ११ बजे बैठक बस्ने गरी आह्वान गरिएको हो ।

बैठकमा सडक सुरक्षा, यातायात सहज बनाउन सकिने तत्काल उपाय, र सम्भावित विपद्‌बाट बच्ने तयारीबारे विस्तृत छलफल हुने सचिवालयले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश स्थानमा अहिले पनि वर्षा भइरहेको र अझै केही दिन वर्षा जारी रहने सम्भावना रहेको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077