Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

तीन दिनका लागि लामो दूरीका सवारी आवागमन बन्द

तीन दिनका लागि लामो दूरीका सवारी आवागमन बन्द

शनिवार , आश्विन १८, २०८२

काठमाडौँ । आगामी तीन दिन लगातार भारी वर्षा हुने सम्भावना रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका सवारीसाधन सञ्चालन बन्द गर्ने निर्णय गरेको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज १८, १९ र २० गते देशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ। यसै कारण बाढी, पहिरो र डुबानजस्ता सम्भावित जोखिम न्यूनीकरणका लागि यो कदम चालिएको प्राधिकरणले जनाएको छ।

निर्णयअनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका सवारीसाधन र काठमाडौँ उपत्यकामा भित्रिने तथा बाहिरिने सबै यातायात बन्द हुनेछन्।

प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, 'उक्त अवधिमा यातायात व्यवसायी लगायत कसैले पनि अत्यावश्यक बाहेकका लामो दूरीका तथा उपत्यका भित्रिने–बाहिरिने सवारीसाधन नचलाउन, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले आवागमन बन्द गराउन तथा सोको निरन्तर अनुगमन र निगरानी गर्न आग्रह गरिएको छ।'

554167969_1526042045085405_7009784421476123780_n

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077