Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दशैं मनाउन घर गएका ट्राफिक प्रहरी शंकर बलायरको गाडीको ठक्करबाट मृत्यु

दशैं मनाउन घर गएका ट्राफिक प्रहरी शंकर बलायरको गाडीको ठक्करबाट मृत्यु

शनिवार , आश्विन १८, २०८२

डोटी । दशैँ बिदामा घर गएका ट्राफिक प्रहरी शंकर बलायरको र्दुघटनामा परि मृत्यु भएको छ। डोटीको शिखर नगरपालिका-८ तिलताली घर भएका बलायरको गाडीको ठक्करबाट मृत्यु भएको हो ।

उनी नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा दरबन्दी भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत थिए।

स्थानीय प्रहरीका अनुसार बलायर शुक्रबार साँझ पैदल यात्राका क्रममा सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका थिए।

अस्पताल लैजाने प्रयास गरिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दशैँ मनाउन केही दिनअघि उनी गृह जिल्ला डोटी पुगेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077