Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रौतहटमा रास्वपाका उम्मेदवार चढेको गाडीले ठक्कर दिँदा बालिकाको मृत्यु

रौतहटमा रास्वपाका उम्मेदवार चढेको गाडीले ठक्कर दिँदा बालिकाको मृत्यु

बिहिवार , माघ २२, २०८२

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका उमेदवारको गाडीले ठक्कर दिँदा एक बालिकाको ज्यान भएको छ ।

रास्वपाका उम्मेदवार सगिर आलम चढेको गाडीको ठक्करबाट आज दिउँसो इशनाथ नगरपालिका वडा नम्बर ४ मठियाकी चार वर्षिया अल्फा खातुनको ज्यान गएको हो।

चुनाव प्रचारकै क्रममा रहेको बेला दिउँसो २स्३० बजेको समयमा बा१५च ४२४४ नम्बरको कार चढेर मत माग्न जाँदै गरेको बेला तीव्र गतिमा रहेको कारले ती नाबालिकालाई ठक्कर दिएको थियो। 

घाइते नाबालिकालाई चालकले सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा उपचारको लागि पुर्‍याएका थिए। उपचारको क्रममा उनको ज्यान गएपछि चालक अस्पतालबाटै फरार भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने गाडी प्रहरीले नियन्त्रणमा लिएको र चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077