Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

महिला टी-२० सिरिज: नेपाल मलेसियासँग १३ रनले पराजित

महिला टी-२० सिरिज: नेपाल मलेसियासँग १३ रनले पराजित

आइतवार , आश्विन १९, २०८२

काठमाडौं । अन्तर्राष्ट्रिय टी–२० सिरिजअन्तर्गत मलेसियासँगको तेस्रो खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोली पराजति भएको छ।

क्वालालम्पुरस्थित वायुमास ओभलमा भएको खेलमा नेपाल मलेसियासँग १३ रनले पराजित भएको हो।

मलेसियाले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ओभरमा ८ विकेट गुमाएर १०७ रन मात्रै बनायो। नेपालका लागि रुवि पोदारले सर्वाधिक ३१, सम्झना खड्का १८ र इन्दु बर्मा २२ मा अविजित रहिन्। मलेसियाका अइस्या इलीसा र नुर दानियाले १-१ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले आइन्ना हमिजाहको अर्धकसतकको सहयातामा १२० रन बनाएको थियो। । हमिजाहले सर्वाधिक ५८ बलमा ६१ बनाइन्।

मास इलिस्याले ३० तथा वान जुलियाले १६ रन बनाए। नेपालका लागि कविता कुँवर र कविता जेशीले २–२ विकेट लिए।

यससँगै पाँच खेलको सिरिजमा नेपाल २–१ ले पछि परेको छ। अब अर्को खेल मंगलबार खेल्नेछ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077