Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको दुई लाख ३३ हजार नाघ्यो

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको दुई लाख ३३ हजार नाघ्यो

सोमवार , आश्विन २०, २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सुनको मूल्य तोलामा २५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ३३ हजार १०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला दुई लाख ३० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो । त्यस दिन सुनको मूल्य एकैदिन तोलामा सात हजार ४०० रुपैयाँले बढेको थियो ।

यस्तै सोमबार चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । चाँदी प्रतितोला दुई हजार ९६० रुपैयाँमा खरिद-बिक्री भइरहेको छ ।

आइतबार चाँदी प्रतितोला दुई हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077