Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कैलालीबाट पेस्तोलसहित एकजना पक्राउ

कैलालीबाट पेस्तोलसहित एकजना पक्राउ

बुधवार , आश्विन २२, २०८२

कैलाली । कैलालीमा पेस्तोलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका १ बेलारका २३ वर्षीय आकाश शाही छन्।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार शाहीको साथबाट टाइप ५४ नम्बर ५५०१०२३४ को चाइनिज पेस्तोल र म्यागजिन एक थान बरामद गरिएको छ।

शाहीले आफ्नै भान्सा कोठाभित्र लुकाएर राखेको अवस्थामा इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरीले पेस्तोल बरामद गरेको हो।
यसबारेमा प्रहरीले थप अनुसन्धान थालेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077