दाङ । दाङको लमहीमा होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते भएका छन् ।
लमहीको रातो डाँडास्थित रोयल प्यालेस होटलमा लुकाइ राखिएको पेस्तोल आज पड्किँदा सोही होटेलमा कार्यरत १८ वर्षीय सिशम गौतम घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाह का अनुसारका अनुसार एसीमाथि लुकाएर राखिएको पेस्तोल कोठा सफा गर्ने क्रममा पड्किँएको हो ।
गौतमको अवस्था सामान्य रहेको जनाउँदै उनले घटनाका विषयमा अनुसन्धान भइरहेको उनले बताए ।