Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ललितपुरबाट पेस्तोलसहित तीनजना पक्राउ

ललितपुरबाट पेस्तोलसहित तीनजना पक्राउ

मंगलवार , माघ २०, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बलले ललितपुरबाट एक थान पेस्तोलसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले दोलखाको भीमेश्वर नगरपालिका निवासी २२ वर्षीय सुमन तामाङ, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका निवासी २२ वर्षीय सुशील स्याङ्तान तथा सुनसरीको धरान उपमहानगरपालिका निवासी १८ वर्षीय विप्लव राईलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकाहरूको साथबाट एक थान पेस्तोल बरामद गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077