Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डीआईजी श्रेष्ठ 'आईजी एपीएफ कमेन्डेशन अवार्ड'बाट सम्मानित

डीआईजी श्रेष्ठ 'आईजी एपीएफ कमेन्डेशन अवार्ड'बाट सम्मानित

शुक्रवार , माघ ९, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बलका डीआईजी सुरेशकुमार श्रेष्ठ ‘आईजी एपीएफ कमेन्डेशन अवार्ड’ बाट सम्मानित भएका छन् ।

२५ औँ सशस्त्र प्रहरी दिवस तथा रजत महोत्सवको अवसरमा शुक्रबार आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले उनलाई सो अवार्ड प्रदान गरेका हुन् ।

हाल सशस्त्र प्रहरी बल नम्बर–९ पशुपतिनाथ बाहिनीका प्रमुख रहेका श्रेष्ठ सशस्त्र प्रहरी संगठनमा व्यावसायिक, अनुशासित र काबिल अधिकृतका रूपमा परिचित छन् ।

उनी सशस्त्र प्रहरी बल स्थापनापछि इन्स्पेक्टर पदमा भर्ना भएको पहिलो ब्याच ‘सिसम–१’ का अधिकृतसमेत हुन्। यस्तै लुम्बिनी प्रदेश स्थित नम्बर–५ बिन्ध्यबासिनी बाहिनी यस वर्षको सर्वोत्कृष्ट बाहिनी बन्न सफल भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077