Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

 सशस्त्र प्रहरीद्वारा कम्बल र न्यानो लुगा वितरण

 सशस्त्र प्रहरीद्वारा कम्बल र न्यानो लुगा वितरण

मंगलवार , पौष २२, २०८२

बैतडी । बैतडीमा सशस्त्र प्रहरीले कम्बल र न्यानो लुगा वितरण गरेको छ ।

विणेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत १८ जना दलित विद्यार्थीहरुलाई जनही एक थान कम्बल वितरण र १० जना जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति जंगबहादुर कुँवरले जानकारी दिए ।

आगामी माघ ९ गते सशस्त्र प्रहरी बल स्थापना दिवस मनाइने र त्यसअघि विभिन्न कार्यक्रम सञ्चालन गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक कुँवरले बताए ।

जसमा लागू औषध दुर्व्यसन नियन्त्रणका लागि विद्यालयहरुमा सचेतनामूलक कक्षा सञ्चालन गरिएका छन् ।

यसअघि सुर्नया गाउँपालिका–७ स्थित भुवनेश्वर माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र पोसाक वितरण गरिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077