Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रका डिआइजीको पदावधि थप, पहिलो ब्याचका अधिकारीलाई धक्का

सशस्त्रका डिआइजीको पदावधि थप, पहिलो ब्याचका अधिकारीलाई धक्का

बुधवार , चैत्र ४, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बलमा चार डीआइजीको पदावधि थप भएको छ । गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पदावधि थप गरेको हो। 

थप हुनेमा प्रशासनतर्फका २ तथा प्राविधिकतर्फका २ छन्। प्रशासनतर्फका प्रदीप पाल र लक्ष्मणबहादुर सिंह तथा प्राविधिकतर्फ रुपक महर्जन र सन्दीप थापाको पदावधि थप भएको हो । 

प्रशासनतर्फका पाल र सिंह कार्यक्षमतामा कमजोर अधिकृत हुन्। उनीहरु नेपाल प्रहरीको प्राविधिक सईबाट भर्ना भई डीआइजीसम्म भए।

विगतमा राम्रो काम नगर्दा कारबाहीमा परेका थिए। त्यसकारण उनीहरुको पदावधि थप नगर्न दबाब थियो। तर, चलखेल गरेर उनीहरुले पदावधि थप गरेका छन्। 

यससँगै सशस्त्र प्रहरीको पहिलो ब्याचलाई धक्का लागेको छ। सो ब्याचका सुरेश कुमार श्रेष्ठ, अञ्जनी कुमार पोखरेल, दिपेन्द्र शाह र पुरुषोत्तम थापालाई एआइजी हुन गाह्रो हुने देखिएको छ।

सशस्त्रमा अब बैशाखमा एआइजीको एक पद रिक्त हुनेछ। सिनियर भएकाले पाल र सिंह मध्ये एकको नै त्यसमा बढुवा हुने सम्भावना रहन्छ।

यद्यपी नयाँ सरकारले कार्यक्षमताका आधारमा बढुवा गरेमा मात्र सशस्त्रका पहिलो ब्याचका अधिकारी पर्न सक्ने सम्भावना छ। बढुवा नगरेको खण्डमा पहिलो ब्याचका अधिकारीहरु डीआइजीबाटै अवकाश हुने जोखिम छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077