Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महिला टी-२० आई सिरिज : मलेसियालाई ५ विकेटले हराउँदै नेपालको सानदार जित

महिला टी-२० आई सिरिज : मलेसियालाई ५ विकेटले हराउँदै नेपालको सानदार जित

बुधवार , आश्विन २२, २०८२

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले मलेसियासँगको टी-२० आई सिरिज हात पारेको छ।

मलेसियामा बुधबार बिहान सम्पन्न खेलमा मलेसियालाई ५ विकेटले हराउँदै नेपालले ५ खेलको सिरिज ३-२ ले जितेको हो।

मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । रुबी पोदारले सर्वाधिक २६ रन बनाइन् । पूजा महतोले २३ रन बनाइन् । रुबिना क्षेत्री १५ रनमा अविजित रहिन् ।  मलेसियाकी नुर दानिया स्युहादा, आइसा एलिसा, आइना हमिजा, नुर आलिया बत्रिसिया र माहिरा इजातीले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो । कप्तान विनिफ्रेड दुराइसिंघामले सर्वाधिक ४० रन बनाइन् । नेपालकी कविता कुँवरले ४ ओभरमा १६ रन दिएर ३ विकेट लिइन् । राजमती ऐरीले पनि ३ विकेट लिइन् ।

नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो। तेस्रो खेलमा १३ रनले पराजित भई चौथो खेलमा ६ विकेटको जित निकालेको थियो।

नेपाली महिला टोलीले आगामी जनवरीमा घरेलु मैदानमा महिला टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ। त्यसैको तयारीका लागि यो सिरिज भएको हो।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077