Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हिमाचल प्रदेशमा भीषण पहिरो, बसमाथि खस्दा १५ जनाको निधन

हिमाचल प्रदेशमा भीषण पहिरो, बसमाथि खस्दा १५ जनाको निधन

बुधवार , आश्विन २२, २०८२

एजेन्सी। भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा मङ्गलबार राति गएको पहिरोको भग्नावशेष बसमाथि खस्दा १५ जनाको निधन भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

दुर्घटना बिलासपुर जिल्लाको पहाडी भागमा भएको हो । केही दिनदेखि भइरहेको अविरल वर्षापछि पहाड खस्दा सो बस भग्नावशेषमा परेको हो ।

बसमा करिब २० देखि २५ जना यात्रु सवार रहेका थिए । मृतकमध्ये नौ जना पुरुष, चार जना महिला र दुई जना बालबालिका रहेको प्रहरीले जनाएको छ ।

राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार तीन जना घाइते बालबालिकालाई उद्धार गरी उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

अन्य बेपत्ता यात्रुहरूको खोजीका लागि उद्धार कार्य बुधबार पनि जारी रहेको प्रहरीले जनाएको छ । गत सोमबारदेखि हिमाचल प्रदेशमा लगातार वर्षा भइरहेको छ ।

वर्षाले कमजोर पहाडी भूभागहरूलाई अस्थिर बनाएको बताइएको छ । भारतकी राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुःखद घटनामा शोक व्यक्त गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077