Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेलले प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलसँग छलफल गर्दै

राष्ट्रपति पौडेलले प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलसँग छलफल गर्दै

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलसँग आज छलफल गर्ने भएका छन् ।

शुक्रबार अपराह्न ४ बजे राष्ट्रपति पौडेलले सरकार र सबै राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल गर्न लागेका हुन् ।

छलफल राष्ट्रपति भवन शीतल निवासमै हुनेछ ।

बिहीबार पनि प्रधानमन्त्री कार्की र केही मन्त्रीहरू राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए ।

भेटमा राष्ट्रपति पौडेलले फागुन २१ हुने निर्वाचनबारे चासो राखेका थिए।

त्यसका लागि सबै राजनीतिक दलहरूसँग संवाद र पहल गर्नुपर्ने राष्ट्रपतिको धारणा थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077