Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अब दैनिक २५ किलो सुन ल्याउन पाइने, रेमिट्यान्स सीमा पनि बढ्यो

अब दैनिक २५ किलो सुन ल्याउन पाइने, रेमिट्यान्स सीमा पनि बढ्यो

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको परिमाण कोटा बढाएको छ । बैंकले २० किलो दैनिक आयात गर्न मिल्ने सुनको परिमाणलाई २५ किलो पुर्‍याएको हो ।

अब देखि दैनिक २० किलो सुन आयात गर्दै आएका वाणिज्य बैंकहरुले २५ किलो आयात गर्न पाउने भएका छन् । बैंकहरूले आयात गरेको सुन व्यवसायीहरूले खरिद गरेर सर्वसाधारणमा गहनाको रुपमा बिक्री वितरण हुँदै आएको छ ।

बजारमा सुनको माग बढेसँगै नेपाल राष्ट्र बैंकले आयात परिमाण बढाएको हो । सुनको मूल्यमा आएको निरन्तर वृद्धिले लगानीकर्ता सुन तर्फ आकर्षित भएसँगै सुनको माग बढेको छ।

साथै विश्व राजनीतिक परिवेशले सुन लागत नै बढेको हुँदा पनि मूल्य निरन्तर उकालो लागेको हो । तर, आज भने सुनको मूल्य घटेको छ ।

दिपावली नजिकिएसँगै सुनको माग झनै बढ्ने भएपछि नेपाल राष्ट्र बैंकले आयात कोटा बढाएको हो । पछिल्लो समयमा वाणिज्य बैंकहरुले पनि सुन आयात नगरेको अवस्था छ ।

त्यसैगरी नेपाल राष्ट्र बैंकले विदेशबाट नेपाल भित्र्याउन पाउने रेमिट्यान्सको सीमा पनि बढाएको छ । केन्द्रीय बैंकले फिर्ता नगर्ने गरी आउने २० लाख रेमिट्यान्सको सीमा २५ लाख रुपैयाँ पुर्‍याएको हो ।

शुक्रबार एकीकृत परिपत्र २०८१ संशोधन गर्दै राष्ट्र बैंकले नेपाली र विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म÷कम्पनी संस्था र शाखा कार्यालयले बिक्री, कमिशन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेश (नागरिक वा फर्म÷कम्पनी÷संस्था) बाट प्राप्त हुने रकम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनी मार्फत् सम्बन्धित वेनेफिसियरीको खातामा जम्मा गर्ने गरी दैनिक २५ लाखसम्म (एकपटक वा पटक पटक) को विप्रेषण रकम ल्याउन सकिने बनाएको छ ।

यसरी इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीहरूले रकम संकलन र भुक्तानी गर्दा प्रचलित व्यवस्थाबमोजिम ग्राहक पहिचानका कागजातहरू लिएको हुनु पर्नेछ ।

यसअघि भने २० लाख रुपैयाँसम्मको सीमा थियो । यस्तै, भित्रिएको विप्रेषणको विवरण मासिक रुपमा प्रत्येक महिना समाप्त भएको सात दिनभित्र विभाग, सम्बन्धित सुपरिवेक्षण विभाग र आर्थिक अनुसन्धान विभागमा पेस गर्नुपर्ने बनाइएको छ । यसअघि भने मासिक रुपमा यस्तो विवरण बुझाउनुपर्ने थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077