Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

दलहरूको सहभागिताविना निर्वाचन सम्भव छैन : प्रधानमन्त्री कार्की

दलहरूको सहभागिताविना निर्वाचन सम्भव छैन : प्रधानमन्त्री कार्की

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचन सबै राजनीतिक दलहरूको सहभागिताबिनाको सम्भव नहुने बताएकी छिन् ।

शुक्रवार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा बसेको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।

निर्वाचन सबै राजनीतिक दलहरूको सहभागिताबिनाको सम्भव नहुने बताउँदै उनले सरकार त्यसबारे पूर्णरूपमा सचेत र जिम्मेवार रहेको स्पष्ट पारिन् । आगामी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरकार प्रतिबद्ध रहेको बताइन्।

उनका अनुसार सरकार निर्वाचनको विश्वसनीयता र जनविश्वास कायम गर्नका लागि आवश्यक शान्ति, सुरक्षा र व्यवस्थागत तयारीमा जुटिरहेको छ।

'जेन–जीहरू हाम्रै छोराछोरी र नातिनातिनी हुन्। उनीहरूले किन असन्तुष्टि व्यक्त गरे भन्ने गहिरो रूपमा बुझेर त्यसलाई परिवर्तनको अवसरका रूपमा लिनु जरुरी छ। देशलाई समावेशी र संवेदनशील राजनीतिक संस्कृतितर्फ लैजाने बेला आएको छ,' उनले भनिन् ।

बैठकमा राष्ट्रपति पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन नै एक मात्र विकल्प भएको दोहोर्‍याउँदै, फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन दलहरूलाई आग्रह गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077