Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेन शाह र सुदन गुरुङविरुद्ध बारामा किटानी जाहेरी

बालेन शाह र सुदन गुरुङविरुद्ध बारामा किटानी जाहेरी

सोमवार , आश्विन २७, २०८२

बारा । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध एमाले निकट राष्ट्रिय युवा संघ नेपाल बाराले जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दिएको छ ।

संघले सोमबार दिउँसो जाहेरी दिँदै दुबै व्यक्तिलाई जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट, तोडफोड र सरकारी संरचनामा भएको विध्वंसमा प्रत्यक्ष तथा परोक्ष संलग्नता रहेको आरोप लगाएको छ ।

संघले सो घटनाका लागि शाह र गुरुङलाई जिम्मेवार ठहर गर्दै कानूनी कारबाहीको माग गरेको हो। जाहेरी दिनुअघि राष्ट्रिय युवा संघ बाराले मोटरसाइकल र्‍यालीमार्फत शक्ति प्रदर्शन गरेको थियो ।

एमाले पार्टी कार्यालय पन्नाबागमा भेला भएका कार्यकर्ताहरूले “राज्यविरुद्धको अराजकता र हिंसा अन्त्य गरौं” भन्ने नारासहित नगरका विभिन्न सडक हुँदै र्‍याली निकालेर जिल्ला प्रहरी कार्यालय बारामा पुगेर समाप्त गरेका थिए ।

संघका अध्यक्ष सद्वाम अन्सारीको नेतृत्वमा पुगेको टोलीले जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) बिजयराज पण्डितलाई जाहेरी पत्र बुझाएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077