काठमाडौं । देशका केही स्थानमा आज हल्का वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ ।
विभागले राति देशभर मौसम मुख्यतया सफा रहने जनाएको छ ।